जसपाले ‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ चलाउने
फाइल तस्बिर

जनता समाजवादी पार्टीले ‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ चलाउने भएको छ । 

बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले पार्टीलाई चलायमान बनाउनका लागि ‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त अभियान चलाउनका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरुको अस्थायी रुपमा कार्यविभाजन पनि गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी आधिकारिकता पाएपछि बसेको उक्त बैठकले संगठनलाई चलायमान बनाउने निर्णय गरेको हो । 

बैठकले जसपाको केन्द्रीय सल्लाहकार समिति र अनुशासन आयोगको अध्यक्षको पनि जिम्मेवारी तोकेको छ । सल्लाहकार समितिको अध्यक्ष विष्णुहरि शर्मा तोकिएका छन् भने आयोगको प्रमुखमा नरसिंह चौधरीले जिम्मेवारी पाएका छन् । 

बैठकले अनुशासन छानबिनका लागि समेत समिति बनाएको छ । बैठकले अनुशासन सम्बन्धी छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १८:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया