बलिउडका फिल्म कुछ कुछ होता है, दिलवाले दुल्हनिया ले जाएँगे, माइ नेम इज खानजस्ता सुपरहिट फिल्ममा देखिएको जोडी हो, साहरुख खान–काजोलको ।
अब फेरि यो जोडीले एउटै फिल्ममा काम गर्ने भएका छन् । राजकुमार हिरानीले बनाउने फिल्ममा यी दुईले काम गर्ने भएका हुन् ।
भारतीय मिडियाका अनुसार यो फिल्म सामाजिक विषयमा आधारित फिल्म हो । लामो समयपछि साहरुखले आफूले राजकुमार हिरानीको फिल्ममा काम गर्ने सहमति जनाएका हुन् । यसअघि उनले लामो समयसम्म फिल्ममा काम गरेका थिएनन् ।
साहरुखले यो फिल्मका लागि सम्झौता गरिसकेको भारतीय मिडियामा उल्लेख गरिएको छ । फिल्मको सुटिङ अप्रिल २०२२ बाट सुरु हुने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।