भारतीय वेटलिफ्टर मिराबाई चानु अहिले निकै चर्चामा छिन् ।
टोकियोमा जारी ओलम्पिकमा रजत पदक जितेर उनले भारतीय वेटलिफ्टिङ इतिहासमा नयाँ रेकर्ड बनाएकी थिइन् । त्यसैले पनि उनको चर्चा अहिले निकै बढेको छ ।
यहीबीच उनले सामाजिक सन्जालमा एउटा तस्वीर सेयर गरेकी छिन् । उनको यो तस्वीरले पनि निकै ध्यान खिचेको छ । उनले राखेको यो तस्वीर हो– घरमा खाना खाएको ।
यसको क्याप्सनमा उनले लेखेकी छिन्– दुई वर्षपछि घरको खाना पाएपछि आएको यो मुश्कान ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।