चिनियाँ सरकारका आलोचक अर्बपतिलाई १८ वर्ष जेल!

चीन सरकारको खुलेर आलोचना गर्दै आएका र व्यावसायीहरुको हितका लागि अभियान चलाउने गरेका एक अर्बपति व्यापारी सुन दाबुलाई १८ वर्षको जेल सजाय सुनाइएको छ ।

चीनमा सबैभन्दा ठूला कृषि आधारित कर्पोरेट संगठनमध्ये एक दाबुको समूहले चलाउँदै आएको छ ।

६७ वर्षका दाबुले व्यापार मात्र गर्दैनथे, उनी मानवाधिकारको विषयमा पनि खुलेर कुरा गरिरहेका हुन्थे, आफ्ना विचार राख्थे ।

यही कारण उनीविरुद्ध परेको जानीबुझी झगडा गर्ने र समस्या उत्पन्न गराउने मुद्दा उनीमाथि परेको थियो । यो एउटा यस्तो मुद्दा हो जुन चीनमा बारम्बार सामाजिक कार्यकर्ताहरुमाथि लगाइने गरिन्छ ।

दाबुविरुद्ध चीनमा योसहित खेतीयोग्य जमीन कब्जा गरेको, सरकारी कर्मचारीलाई बारम्बार आक्रमण गरेको र सरकारी कर्मचारीलाई काम गर्न नदिएको आरोप पनि लगाइएको छ । 

जेल सजायसहित उनलाई ३.११ मिलियन युआनको जरिवाना पनि सुनाइएको छ ।



दाबुलाई चिनियाँ प्रहरीले अघिल्लो वर्ष नै हिरासतमा लिएको थियो । उनीसँगै उनको फर्ममा काम गर्ने २० अन्य कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, आफूमाथि लागेका आरोपको दाबुले खण्डन गरेका छन् । 



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ६:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया