महोत्तरीमा बालकको शव भेटियो, बाबु र सौतेनी आमा पक्राउ

महोत्तरीमा बुधबारबाट हराइरहेका एक बालकको शव भेटिएको छ । महोत्तरी रामगोपालपुर नगरपालिका ६ का चन्द्रकिशोर यादवका पाँच वर्षीय छोरा रितेशको शव उनको घर नजिकै भेटिएको हो ।

बिहीबार उनको शव भेटिएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बालकको शव भेटिएपछि प्रहरीले उनका बाबु र सौतेनी आमालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । यी बालककी आमा केहीअघि घरबाट भागेपछि उनका बाबुले दोस्रो विवाह गरेका थिए ।

स्थानीयहरुले प्रहरीलाई जनाएअनुसार बुधबार सौतेनी आमासँग यी बालक बाहिर घुम्न निस्किएका थिए । तर, अबेरसम्म उनी नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ६:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया