राहत माग्दै कलाकारले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र

कोरोनाका कारण ठूलो क्षति व्यहोरेको चलचित्र उद्योगका कलाकारले सरकारसँग राहत माग गरेका छन्। उनीहरुले राहतको माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउन चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, अभिनेता भुवन केसी लगायतका कलाकार मन्त्रालय पुगेका थिए।

पहिलो चरणको कोरोनाबाटै थला परेको सिने उद्योगले गति लिन सकेको छैन। थुप्रै चलचित्रकर्मी कोरोनाका कारण यस क्षेत्रबाट पलायन भइसकेका छन्। २८ सिनेमा हल सधैंका लागि बन्द भइसके। हल बन्द हुने र चलचित्रकर्मी पलायन हुने क्रम रोकिएको छैन्। चलचित्र संघले अघिल्लो वर्षबाटै चलचित्र उद्योगलाई माथि उकास्न सहयोगका लागि सरकारलाई आग्रह गर्दै आएका छन्।

कोरोनाका कारण  २२ चलचित्र, पोस्ट–प्रोडक्सनको काम सकेर प्रदर्शनको तयारीमा रहेका ३५  छन्।  छायांकनकै क्रममै रोकिएका २५ चलचित्र अलपत्र छन्। यी सबै चलचित्रमा गरिएको झण्डै १ अर्ब ७५ करोड रुपैयाँ फ्रिज भइरहेको अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

उनीहरुले अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिमा समेट्दै तीन वर्ष पछिबाट साँवा ब्याज बुझाउन सुरु गर्नेगरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्ने व्यवस्था गर्न माग गरेका छन्। 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १०:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया