तुइनबाट खसेर महाकालीमा बेपत्ता, भारतीय एसएसबीले धम्क्याएका थिए
फाइल तस्बिर

दार्चुला ब्यास गाउँपालिका–२ मालमा तुइन तर्ने क्रममा एक जना महाकाली नदीमा खसेर एक एकजना बेपत्ता भएका छन् । स्थानीय ३० वर्षीय जयसिंह धामी  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर नरेन्द्र चन्दले जानकारी दिए ।

चन्दका अनुसार शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुँदै तुइन तर्ने क्रममा उनी नदीमा खसेका थिए । 

 ‘नेपाल तर्फ दार्चुला ब्यासमा तुइन छ’ उनले भने ‘भारतबाट एसएसबीको टोली आए छ । घाट अबैध भएको हुँदा डोरी तान्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।’

स्थानीयका अनुसार तुइनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइन खोल्न लगाउँदा तारले तानेपछि नदीमा हुत्तिएको हो । ५, ६ जना  स्थानीयहरु सामान लिन बजार जान भारतको बाटो हुँदै गइरहेका थियौँ तीन जना तुइनबाट भारत तरेका थिए' वेपत्ता जयसिंह सँगै गएका जनकले भने,  ‘तर्नेबेला एसएसबी पुगे ।’ 

जनकका अनुसार भारतीय एसएसबीले तुइन खोल्न भनी धम्क्याएपछि एक्लै तुइन खोलिरहेका थिए ।  

महाकाली नदीको पानीको बहावले तार खोल्दा तारसँगै मान्छे पनि नदीले तान्यो ।  उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ११:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया