प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने
फाइल तस्बिर

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा देउवाले प्रतिवेदन पेस गर्ने उल्लेख छ । 

देउवाले संविधानको धारा ५३ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को नियम ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १२:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया