जुडो टोली शनिबार स्विट्जरल्यान्ड जाने

अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ)को तालिम शिविरमा सहभागी हुन नेपालबाट दुई खेलाडी र एक प्रशिक्षक स्विट्जरल्यान्ड जाने भएका छन् । तालिममा खेलाडीद्वय आयुशसिंह साउद र सम्झना थापा तथा प्रशिक्षक राजीव प्रधान जाने भएका हुन् । 

अन्तराष्ट्रिय जुडो महासंघ (आइजेएफ), ओलम्पिक सोलिडारिटी र सेगई जुडो क्याम्पको संयुक्त आयोजनामा हन लागेको तालिम अगस्ट १ देखि ७ तारिखसम्म हुने छ ।
  
टोलीको सम्पूर्ण खर्च ओलम्पिक सोलिडारिटी सेगई जुडो क्याम्पले व्यवस्था गर्ने जुडो संघले जानकारी दिएको छ ।  

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार विदाई गरे । उनीहरु भोलि शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन् । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १५:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया