मदन पुरस्कारको श्रेष्ठ सूचीमा नगरकाेटीकाे कल्प-ग्रन्थदेखि प्रभा बरालको फिलिङ्गोसम्म

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि छनोटमा परेका किताबहरुको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । 

गुठीले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै श्रेष्ठ सूचीमा परेका किताबहरुको सूची सार्वजनिक गरेको हो । श्रेष्ठ सूचीमा ९ वटा पुस्तकहरु परेका छन् । 

श्रेष्ठ सूचीमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प-ग्रन्थ, भैरव बहादुर थापाको नृत्याक्षर विज्ञान परेका छन् । 

यस्तै,  प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० पनि सूचीमा परेका छन् । 

यी मध्ये एक किताबले यस वर्षको मदन पुरस्कार पाउनेछन् । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १६:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया