वार्तामार्फत समाधानको दिशामा मध्यपश्चिम विश्वविद्यालयको विवाद

मध्यपश्चिम विश्वविद्यालयमा जारी विवाद वार्तामार्फत समाधान गरिने भएको छ । वार्ताको प्रक्रिया चरण चरणमा गरिएको र अझ निरन्तरता दिने उच्चस्तरीय वार्ता समितिका संयोजक सहप्राध्यापक डा. लीलाधर तिवारीले बताए ।

विश्वविद्यालयमा उत्पन्न समस्या र समाधानका प्रयासबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक तिवारीले विश्वविद्यालयमा हुने सबै विवाद वार्ताद्वारा समस्या समाधान गरिने बताएका हुन् ।

एमालेनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच सहमति भइसकेको जानकारी दिँदै उनले अन्य आन्दोलनरत सबै संगठनसँग वार्ता भइरहेको जानकारी दिए । विश्वविद्यालयमा राजनीतिकरण भएकोमा उनले चिन्ता व्यक्त गरे ।

उनले कुलपति जो भएपनि विश्वविद्यालयमा केही फरक नपर्ने बताउँदै विश्वविद्यालय नियमअनुसार चल्ने स्वायत्त निकाय हुनुपर्नेमा जोड दिए । ‘विद्यालयले सबैका सबै मागहरु धान्न सक्दैन’, उनले भने, ‘विश्वविद्यालयमा अनावश्यक दलीय राजनीति नगरौँ, यसले दुर्घटना निम्त्याउन सक्छ ।’

अनलाइन परीक्षा हुनुपर्ने विद्यार्थीको माग जायज भए पनि विश्वविद्यालय त्यसका लागि सक्षम नभएको उनको भनाइ छ । केन्द्रमा नयाँ सरकार गठन भएसँगै नेकपा एमालेको ओली पक्षबाहेक अन्य सबै पक्ष आन्दोलित भएका छन् । यसले साउन १५ गतेदेखि हुने भनिएको परीक्षासमेत स्थगित भएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १८:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया