महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता

घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका ३ स्थानीय तहसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी गाउँपालिका र पथरी नगरपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो । 

सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप व्यवसायको विकास गर्न सहकार्य गर्ने उल्लेख छ । उक्त सम्झौताले स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको प्रयोग गरी महिला तथा युवालाई उद्योग स्थापना गर्न तथा व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउने बताइएको छ । 

युवा उद्यमीलाई प्रोत्साहन गर्न, सघाउन महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवाहरु उपलब्ध गराउने प्रतिवद्धता सम्झौता पत्रमा रहेको छ । 

कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कुमार कार्की र पथरी नगरपालिकाका मेयरले सम्झौता हस्ताक्षर गरेका छन् । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १९:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया