संविधानलाई आफू अनुकूल व्याख्या नगर्न लुम्बिनी प्रदेश प्रमुख शेरचनकाे आग्रह

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् । पदभार ग्रहण गर्दै शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पारे । उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए । 

शेरचनले भने, ‘यो संविधानभन्दा माथि हामी कोही पनि छैनौँ । म यहाँ आएको छु, यो संविधानले निर्दिष्ट गरेको विषयहरु भन्दा बाहिर जाने अधिकार मलाई छैन ।’

नवनियुक्त प्रदेश प्रमुख शेरचनले थपे, ‘संविधानलाई आफू अनुकूल ब्याख्या गर्ने वा संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थितिहरु देशमा नआओस्, त्यस्तो देख्न नपरोस् भन्ने नेपाली जनताको चाहना छ ।’

प्रदेश प्रमुख शेरचनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरूसँग सहकार्य गरेर प्रदेशका जनताको हितमा काम गर्न भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफू वरिपरिकालाई हेर्ने काम जनता र राष्ट्रको हितविपरीत हुने भन्दै त्यस्तो काम आफूबाट नहुने बताए । 

शेरचनले गण्डकी प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १९:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया