टोकियो ओलम्पिक महिला फुटबल : सेमिफाइनल समीकरण पूरा

जापानको टोकियोमा सुरु भएको ३२ औं संस्करणको गृष्म कालीन ओलम्पिक अन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

स्वीडेन र अमेरिकाले शुक्रबार भएको आआफ्नो खेलमा जित हात पारेपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।

अमेरिकाले नेदरल्यान्डलाई पेनाल्टी सुट आउटमा नेदरल्यान्डलाई ४-२ ले पराजित गर्‍यो । 

पेनाल्टीमा नेदरल्यान्डका लागि डोमिनिक्यु जानसेन र स्टेफिनी भान डेरले गर्दा एनिक नोउविन र भिभियानी मिडेमा गोल गर्न सफल भए । उनीहरूको प्रहारलाई अमेरिकी गोलरक्षक एलिसा नेहरले बचाउ गरिन् ।

अमेरिकाका लागि रोस लेभ्ली, एलेक्स मार्गन, किस्टिन प्रेस र मेगन रापिनोइले गोल गरे 

योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । 



अमेरिका लागि समन्था मेविस र लिन विलियम्सले १-१ गोल गर्दा नेदरल्यान्डका लागि दुवै गोल भिभियानी मिडेमाले गरिन् । 

खेलको १८ औँ मिनेट मिडेमाले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाएकी थिइन् । २८ मिनेटमा मेविसले अमेरिकालाई बराबरीमा ल्याइन् ।



३१ औँ मिनेटमा विलियम्सले गोल गरेपछि अमेरिका २-१ ले अघि बढ्यो । ५४ औँ मिनेटमा मिडेमाले नै गोल गर्दै नेदरल्यान्डलाई २-२ को बराबरीमा ल्याइन् । 

सैतामा रंगशालामा शुक्रबार नै भएको खेलमा स्वीडेनले आयोजक जापानमाथि ३-१ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

अगस्त २ मा हुने सेमिफाइनलमा अमेरिकाले क्यानडा र स्वीडेनले अस्ट्रेलियाको सामना गर्नेछन् ।

क्यानडा ब्राजिल तथा अस्ट्रेलिया बेलायतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार २०:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया