२३ वैशाख २०७७ । पूर्वयुवराज पारस शाह पोखरमा थिए । त्यहाँबाट उनको एउटा भिडियो सार्वजनिक भएको थियो । यो भिडियो खासमा उनको आफ्नै फेसबुकमा लाइभका रुपमा आएको थियो ।
केही समयपछि उनले यो भिडियो आफ्नो एकाउन्टबाट डिलिट गरे ।
भिडियोमा प्रष्ट थियो, पारस कुनै पार्टीमा थिए, उनी ‘झ्याप’ थिए ।
फेसबुक लाइभमा आएका पारसले सुरुमा भन्छन्– हेलो, नथिङ रङ विथ मी है गाइज (मलाई त्यस्तो नराम्रो केही भएको छैन है ।) त्यसपछि उनले आफूले हार्टएट्याक भएको सुनेको बताउन थाल्छन् ।
अनि भन्छन्– ढाँटेर उठ्ने मान्छे हो म रु
घरको वरन्डामा पुगेका उनको आवाज त्यसपछि कम सुनिन्छ, पछाडिबाट अरुको आवाज सुनिन्छ ।
त्यसपछि उनले कसैलाई सोध्छन्– कतिजनाले हेरिरहेका छन् ।
हातमा कुनै ‘जुस क्यान’ लिएका पारस वरन्डामा भुलिरहेका छन् । अनि अर्को हातमा चुरोट लिएर उनी उल्टै ‘यी यी यस्तो’ भन्ने खालको अभिव्यक्ति दिइरहेका छन् ।
उनी केही साथीहरुसँग वरन्डामा रहेको प्रष्ट छ । किनकि यो लाइभ भिडियोमा उनी साथीहरुसँग कुरा गरिरहेका छन् ।
अनि उनी पूरै लटपटिएको आवाजमा भन्छन्– फोर डेज भयो पार्टी गरेको ।
मानौँ उनको पार्टी र यस्तो हर्कतलाई मानिसहरुले मन पराएका छन्, उनी थपिदिन्छन्– टिल फूल मुन, सात दिन थपिदिन सक्छु ।
उनको हृदयघातको समाचार कुन मिडियामा आएको हो या होइन भन्नेमा पनि पारस स्पष्ट देखिँदैनन् । अनि भन्छन्– जोसुकैले लेखोस् ।
अहिले फेरि पारस शाहको एउटा भिडियो निकै चर्चामा आएको छ । हामीले पनि पत्रकार गणेश बुढाको फेसबुकबाट लिएर यो भिडियो फरकधारको फेसबुक पेजमा राखेका छौँ ।
आज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन् । हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो ।
समर्थकसहित हिँडेका पारसले चाहिँ प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेका मात्र छैनन्, जान्नँ पनि भनिरहेका छन् ।
यो शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकको हो । हेर्नुहोस् भिडियोः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।