जापानको टोकियोमा ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । यस ओलम्पिकमा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चीनले हालसम्म १९ स्वर्ण, ११ रजत र ११ कास्य गरी ४१ पदक प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको जापानले जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्य पदक गरी २८ पदक हात पारेको छ । कुल पदक संख्या अगाडि रहे पनि स्वर्णका आधारमा अमेरिका तेस्रो स्थानमा छ ।
हालसम्म अमेरिकाले १६ स्वर्ण १७ रजत र ११ कास्य गरी ४४ पदक हात पारेको छ । रुस चौथा स्थानमा रुसको १० स्वर्ण १४ रजत र १० कास्य गरी ३४ पदक पुगेको छ ।
त्यसपछि पदक तालिकामा क्रमशः अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया रहेका छन् । भारतले अहिलेसम्म १ रजत पदक मात्रै जितेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।