टोकियो ओलम्पिक : विश्व कीर्तिमानसहित बेलायतलाई स्वर्ण

टोकियोमा जारी ओलम्पिक अन्तर्गत पौडीको ४ गुणा १०० मिटर मिक्स मिड्ले रिलेमा बेलायतले विश्व कीर्तिमानसहित स्वर्णपदक हात पारेको छ । 

टोकियो एक्वेटिक सेन्टरमा बेलायतले ३ मिनेट ३७.५८ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गर्यो । 

उसले चीनको नाममा रहेको ३ मिनेट ३८.४१ सेकेन्डको कीर्तिमान भङ्ग गरेको हो ।
 
यो स्पर्धामा चीनले ३ मिनेट ३८.८६ सेकेन्डको समय निकाल्दै रजत र ३ मिनेट ३८.९५ सेकेन्डको समय निकाल्दै अस्ट्रेलियाले कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १३:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया