कोरोना खोपका लागि सरकारले सबै शक्ति परिचालन गरेको छ : विमलेन्द्र निधि
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् । 

उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् । 

शनिबार काठमाडाैंकाे त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै निधिले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि स्मरण गराए । 

निधिले भने, ‘खोपलाई सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौँ भनिरहेको छ ।’ उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए । 

उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे । उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १४:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया