प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालबाट एमालेलाई उन्मुक्ति दिनु आवश्यक भइसकेको बताएका छन् । ओलीले एमालेविरोधी नेपाललाई एमालेमा अब ठाउँ नभएको बताएका हुन् ।
१५ वर्षसम्म पार्टी प्रमुख भएका नेपालले पार्टी चलाउन नपाएदेखि विभिन्न किसिमका बखेडा झिकेको झिक्यै गरेका ओलीले आरोप लगाए । उनले अब माधव नेपालबाट एमालेलाई उन्मुक्ति दिनु आवश्यक भइसकेको बताए ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई नेपाली कम्युनिस्ट आन्दोलनको विरोधी र देशद्रोही भएको आरोप लगाए । ओलीले अब एमालेमा नेपाललाई कुनै ठाउँ नभएको बताए ।
आफ्नै पार्टीको सरकार ढाल्नको लागि लागिपरेका नेता नेपालले आफ्नै अध्यक्षले माग्दासमेत विश्वासको मत नदिएको तर, दक्षिणपन्थी सरकारलाई संसदीय दलको ह्विपसमेत नमानेर विश्वासको मत दिएको भन्दै ओलीले अब एमालेमा नेपाललाई कुनै ठाउँ नभएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।