जसपा संसदीय दलको नेता उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गरेको छ । 

आज बसेको पार्टीको संसदीय दलको बैठकले उपेन्द्र यादवलाई संसदीय दलको नेता चयन गरेको हो ।

आजको बैठकमा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए । उनलाई महेन्द्र राय यादवले समर्थन गरेका थिए ।

यादव संसदीय दलको नेता भएसँगै उनले नै सरकारमा जसपाको नेतृत्व गर्नेछन् । 

यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्याबिनेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुने सम्भावना छ ।





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १५:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया