ओलीप्रति माधव नेपालको कटाक्ष– फेरि प्रधानमन्त्री बन्न पाउँछु भनेर जालझेल !

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि जालझेल गर्न थालेको भन्दै व्यंग्य गरेका छन् । अध्यक्ष ओलीको नामै नलिइ नेपालले प्रधानमन्त्री बन्न पाउँछु भनेर ओलीले जालझेल गर्न खोजेको तर गर्न नहुने भन्दै आफूले सचेत गराएको जनाएका छन् ।

काठमाडौंमा अखिल फोर्सले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस्, जे गर्नुछ, पारदर्शी रुपमा गरोस् ।’

कार्यक्रममा नेपालले ओलीले गरेका प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरिदिएकोमा आफ्नो अदालतप्रति सम्मान थप बढेको पनि बताएका छन् । 

उनले प्रतिनिधि सभा पुनस्र्थापना गरेर संसद जोगाएर विधि स्थापित भएको र अहिलेको सरकारलाई पनि यही कारण आफूहरुले विश्वासको मत दिएको बताएका छन् ।

अहिलेको सरकारले जनताको पक्षमा काम गर्ने विश्वास आफूले लिएको पनि नेपालले बताएका छन् । 

उनले आफू विचार र सिद्धान्तमा सधैं अडिग रहेको बताउँदै अबको समयमा अराजक प्रवृत्तिलाई अन्त्य गर्नु पर्ने पनि बताएका छन् ।






  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १५:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया