नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी एकताका लागि एक मात्र सर्त अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष पदबाट राजीनामा भएको बताएकी छिन् । उनले अध्यक्ष ओलीले राजीनामा दिए मात्र पार्टी एकता हुनसक्ने बताएकी हुन् ।
शनिबार काठमाडौंमा अखिल फोर्सले आयोजना गरेको कार्यक्रममा झाँक्रीले यस्तो बताएकी हुन् ।
अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिए मात्र पार्टी एकताको सम्भावना रहेको उनले सम्बोधनमा बारम्बार दोहोर्याएकी थिइन् ।
‘देशको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने मूल नेतृत्व बाहिर नभएसम्म पार्टी एकता सम्भव छैन,’ झाँक्रीले भनिन्, ‘पार्टी एकताको सर्तमा अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।