आजबाट डिभीको आवेदन खुल्ने

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) २०२० का लागि आज रातिदेखि आवेदन खुला हुँदै छ । अमेरिकी राजदुतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्र्तिक २० गते राति १०ः ४५ सम्म खुला रहनेछ । 

डिभी चिठ्ठा भर्न कुनै शुल्क नलाग्ने दुतावासले प्रष्ट पारेको छ । डिभी भर्न कन्सल्टेन्टहरुको भन्दा पनि परिवारका सदस्य वा नजिकका कोही विश्वासिला व्यक्तिको सहयोगमा भर्न सुझाव दिएको छ । 
www.dvlottery.state.gov मा गएर  डिभी भर्न सकिने छ । 

एक जना व्यक्तिले एउटा मात्र आवेदन बुझाउन पाउने छ । एक भन्दा बढी आवेदन दिएमा रद्द गरिने समेत दुतावासले जानकारी दिएको छ । 
डिभी चिठ्ठामा छनोट भए नभएको २०१९ मे ७ पछि हेर्न सकिने छ । 


 





  • प्रकाशित मिति : असोज १७, २०७५ बुधबार १०:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया