राप्रपानिकट ​टुकोनले बनायो अनुशासन समिति

राप्रपानिकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले अनुशासन समिति गठन गरेको छ । टुकोनले संगठनलाई मर्यादित र व्यवस्थित बनाउन थप सहयोग पुग्ने हेतुले अनुशासन समिति निर्माण गरेको जनाएको छ । 

टुकोनले देशभर संगठन विस्तारमा उल्लेख्य प्रगति गरेको महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीले दाबी गरे ।

नवगठित समितिलाई जिम्मेवारी प्रदान गर्दै अध्यक्ष भण्डारीले संगठन मजबुत बन्दै गएको अवस्थामा टुकोनलाई अझ मर्यादित र व्यवस्थित बनाउन अनुशासन समितिबाट ठूलो अपेक्षा राखेको बताए । 

ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय समितिका सदस्यमध्येबाट गठित अनुशासन समितिको संयोजकमा लोकेन्द्र शाही (अछाम), सदस्यसचिवमा राजु श्रेष्ठ (भक्तपुर) तथा सदस्यहरुमा उत्तम घले (काठमाडौं), शर्मिला न्यौपाने (झापा) र कृष्णप्रसाद खनाल (पाँचथर) रहेका छन् । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १७:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया