भदौ १६ मा महाधिवेशन उद्घाटन हुने देउवाको भनाइप्रति डा. शेखर किन सशंकित ?

नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुन्छ भन्ने पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले आशंका व्यक्त गरेका छन् । 

कांग्रेस सिन्धुपाल्चोकले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे दिएको अभिव्यक्तिले आफूलाई झस्काएको बताए । 

सभापति देउवाले भदौ १६ गते महाधिवेशन उद्घाटन हुने बताउँदै आएका छन् । नेता कोइरालाले भने पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण दलको महाधिवेशन जस्तो हुने त होइन भनेर आशंका व्यक्त गरेका हुन् । 

उनले भने, ‘तरुण दलको महाधिवेशन उद्घाटन भयो, त्यो महाधिवेशनले तीनजना पदाधिकारी मात्र चयन गर्यो । अहिले पदावधी सकिँदा पनि तरुण दलमा तीनजना मात्रै पदाधिकारी छन् । पार्टीको महाधिवेशन पनि त्यस्तै हुने त होइन ?’

पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै उनले कार्यकर्तालाई भुलभुलैयामा नराख्न नेतृत्वसँग आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २०:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया