[भिडियोसहित] रामकुमारी झाँक्रीले भनिन्– ओली कसरी पुगे बालुवाटारबाट बालकोट ?

नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद तत्काल समाधान नहुने इशारा गरेकी छिन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै झाँक्रीले अहिले सबैभन्दा धेरै सोधिने प्रश्न नै नेकपा एमाले एक हुन्छ कि हुँदैन भन्ने भएको बताएकी छिन् ।

‘यो प्रश्न सोध्नुभन्दा पहिले दुई तिहाइको सरकार आज किन प्रतिपक्षमा पुग्यो, किन यस्तो अवस्था आयो र कम्युनिस्ट आन्दोलन निर्विकल्प हुँदाहुँदै किन विघटन भयो भन्ने प्रश्न सोध्नुपर्छ,’ उनले भनेकी छिन्, ‘यसको जवाफ र ती पात्रको विश्लेषणले मात्र अब भोलि के हुन्छ भन्ने निर्धारण हुनसक्छ ।’

अहिले नेकपा एमाले विवाद समाधान गर्न कति जना मान्छेले वार्ता गर्दैछन् भन्ने कुरा महत्वपूर्ण नभएको र के कुरा वा विषयमा वार्ता भइरहेको छ भन्ने कुरा महत्वपूर्ण भएको पनि उनले बताएकी छिन् ।

‘सैद्धान्तिक, राजनीतिक, नैतिक हिसाबले के खडा भएको छ भन्ने महत्वपूर्ण पक्ष हो,’ उनले भनेकी छिन्, ‘यसलाई सोचेर हामीले प्रश्न गर्न सक्छौँ, पार्टी एकता हुन्छ कि हुँदैन त ?’

उनले आफूहरुले विश्वासको मत नदिएकाले दुई तिहाइको सरकार ढल्ने अवस्था नपुगेको र बालुवाटारमा घेराबन्दी गरेकाले तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालकोट नपुगेको पनि बताएकी छिन् ।



सुन्नुहोस्, उनको भिडियो– 



  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २३:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया