टर्कीमा भीषण आगलागी, सात जनाको मृत्यु

टर्कीको जंगलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । 
भीषण आगलागी हुनुको कारण भने उच्च तापक्रम रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 

टर्कीमा गर्मी मौसममा जंगलमा आगलागी हुनु सामान्य कुरा हो । तर सरकारी अधिकारीहरू भने यस पटकको आगलागी धेरै क्षेत्रमा फैलिएको छ। 

टर्कीको दक्षिणी भाग अदाना, उस्मानिया, एन्टाल्या, मर्सिन, मुगला लगायतका विभिन्न स्थानमा आगलागी भएको बताइएको छ । जसमध्ये ८८ स्थानमा आगलागी नियन्त्रणमा आएको छ । 

टर्कीका मौसम विज्ञानका अनुसार एन्टाल्या क्षेत्रमा आगामी दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । 

टर्कीका एक जलवायु वैज्ञानिक भन्छन्,‘मौसम निकै गर्मी र सुख्खा छ । यस कारणले गर्दा आगलागी भइरहेको छ । हाम्रो एक सानो गल्तीले निकै ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ६:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया