पछिल्लाे तीन सातामा विदेशमा रहेका ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो तीन सातामा विदेशमा रहेका ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये मलेसियामा मात्र ३७ जना रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जानकारी दिएको छ । बाँकी दुई जना भने युगान्डा र इराकमा रहेका छन् । 

संघका अनुसार हालसम्म कोरोना भाइरसबाट विभिन्न देशमा रहेका ४८६ जना नेपालीको संक्रमणबाट ज्यान गइसकेको छ । 

विश्वका ५४ देशमा रहेका १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको संघले जनाएको छ । संक्रमितमध्ये १ लाख १७ हजार ५२९ जना संक्रमणमुक्त भइसकेका छन् । 

पछिल्लो समय मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना संक्रमण बढिरहेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ६:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया