विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले संसारले चाहे महामारीको अन्त्य हुने बताएका छन् ।
स्विट्जरल्यान्डको जेनेभामा आयाेजित एक कार्यक्रममा बोल्दै टेड्रोसले यस्तो बताएका हुन् ।
हरेक देशको आवादीको कम्तीमा पनि १० प्रतिशतलाई सेप्टेम्बरको अन्त्यसम्ममा कोरोना विरुद्धको भ्याक्सिन दिने डब्ल्युएचओको लक्ष्य रहेको छ । यसै गरी यो वर्षको अन्त्यमा ४० प्रतिशत र अर्को वर्षको मध्यमा ७० प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्य रहेको टेड्रोसले जानकारी दिए ।
डब्ल्युएचओका अनुसार आधाभन्दा बढी देशमा १० प्रतिशत जनसंख्याले मात्र खोपको पुरै डोज लगाएका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४२ लाख १५ हजार ७३२ जनाले ज्यान गुमाइसकेका छन् भने १९ करोड ७७ लाख ६४ हजार ६६८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।