१५ दिनभित्र कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, एक साताका लागि गाउँ सिल
फरकधार / १७ साउन, २०७८
फाइल तस्बिर

पछिल्ला दिनमा देशभर कोराना संक्रमण निरन्तर बढ्न थालेको छ । उदयपुरको एक गाउँमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै सिल गरिएको छ ।  जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुर गाउँमा कोरोना एकै परिवारको तीन जनाको मृत्यु भएको हो । 



१५ दिनको फरकका कोरोना संक्रमणबाट एकै तीन जनाको मृत्यु भएको वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए।

खत्रीका अनुसार १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखरेल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

केहीदिन देखि गाउँमा संक्रमण बढिरहेको छ । १५ दिनअघिदेखि गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेका थिए । परीक्षणका क्रममा ५० भन्दा धेरै गाउँलेमा संक्रमण देखिएपछि शनिबारबाट २४ गतेसम्मका लागि गाउँ सिल गरिएको वडाअध्यक्ष खत्रीले बताए । 



१० दिनदेखि जिल्लामा संक्रमण निरन्तर बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ८:२८:३८,   अन्तिम अपडेट : साउन १७, २०७८ आइतबार ८:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया