भारतमा काेराना : करिब ४२ हजार संक्रमित, ५४१ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १६ लाख ५५ हजार ८२४ पुगेको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ५४१ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ३५१ पुगेको छ।

यही अवधिमा ३९ हजार २५८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख १० हजार ९५२ सक्रिय संक्रमित रहेका छन् । 

हालसम्म भारतमा ४७ करोेड २ लाख  ९८ हजार ५९६ जनाले काेराेना विरुद्धकाे खाेप लगाइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।

 



 

 



 

 

 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १०:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया