चिनियाँ मूलका क्यानडियन पपस्टार क्रिस वु बलात्कारको आरोपमा गिरफ्तार भएका छन् ।
उनीमाथि धेरै युवतीलाई धोका दिएर बलात्कार गरेकाे आराेप लागेकाे छ ।
तीस वर्षीय वुमाथि पहिलो पटक जुलाई महिनाको सुरुवातमा एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार वुले नशामा उनीमाथि बलात्कार गरेका थिए ।
सर्वप्रथम वुमाथि डु मिजु नामकी १९ वर्षीया छात्राले बलात्कारको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफू १७ वर्षको छँदा वुले दुर्व्यवहार गरेको बताएकी हुन् ।
करिब दुई दर्जन महिलाले वुले अनुचित व्यवहार गरको आरोप लगाएका छन् ।
वु चीनको सबैभन्दा लोकप्रिय सेलिब्रेटीमध्येका एक मानिन्छन् । उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।