तीन सचिवको सरुवा, अर्थमा मरासिनी
फाइल तस्बिर

सरकारले तीन जना सचिवको सरुवा गरेको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको हो । 

मन्त्रिपरिषदको निर्णयबाट अर्थमन्त्रालयको सचिवको जिम्मेवारीमा मधु मरासिनी आइपुगेका छन् । महालेखा नियन्त्रक रहेका मरासिनी अर्थ सचिव बनेर सिंहदरबार फर्किएका हुन् । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवमा शिशिरकुमार ढुंगानाले जिम्मेवारी पाएका छन् । उनी यसअघि अर्थ मन्त्रालयमा अर्थसचिव रहेका थिए । 

मन्त्रिपरिषदको निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेका छन् । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १२:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया