समाजसेवी कठायतले बाँडे ४० थान अक्सिजन कन्सनट्रेटर
फाइल तस्बिर

समाजसेवी तथा व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर दिएका छन् ।  कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सनट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरका १५ थान अक्सिजन कन्सनट्रेटर दिइएको छ । 

आइतबार  दिल बहादुरका भाइ केशव कठायतमार्फत कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक खड्काले सहयोग गर्ने कठायतप्रति आभार प्रकट गरे । ‘कोरोना महामारीका बेला देखि कर्णाली प्रदेश अस्पताललाई मनकारीहरुले सहयोग गर्दै आइरहेका छन्’ डाक्टर खड्काले भने, ‘कठायत जीको सहयोग पनि प्रदेश अस्पतालको लागि अतुलनीय रहने छ ।’

कठायत कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका–१ लुसाका स्थायी बासिन्दा हुन् । उनले कालिकोट जिल्ला अस्पताललाई १० थान जिल्लाकै शान्नि त्रिवेणी गाउँपालिकालाई ५ थान, रास्कोट नगरपालिकालाई ५ थान, र पचालझरना गाउँपालिकालाई ५ थान 
अक्सिजन कन्सनट्रेटर दिएका छन् । 

सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाका लम्की चुवा नगरपालिकालाई १० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

कालिकोटका लागि पठाएको अक्सिजन कन्सनट्रेटर स्थानीय तहसँगको समन्वय र जिल्ला अस्पताल कालिकोटको समन्वयमा पठाउन लागिएको भाइ केशवले जानकारी दिए । 



समाजसेवी दिल बहादुर कठायतले कर्णालीका बाढीपीडित, अग्नि पीडित र विपन्न, तथा उपचारको अभावमा रहेका नागरिकलाई लागि सहयोग गर्दै आइरहेका छन् ।

 व्यापारको सिलसिलामा उनी हाल चीनको ग्वान्जाओमा बस्दै आइरहेका छन् ।



  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १४:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया