सत्तारुढ दल नेकपा माओवादी केन्द्रले साउन ३० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसअघि साउन २० गतेका लागि तोकिएको बैठक अब साउन ३० गते बस्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले साउन ३० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । देशभर वडास्तरमा पार्टी कमिटी निर्माण सकेलगत्तै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको हो ।
आजको बैठकले साउन ३० सम्ममा देशभरका सबै वडाहरुमा पार्टी कमिटी विस्तार तथा गठनका लागि निर्देशन दिएको छ । वडा कमिटी गठन सकाएर केन्द्रीय कमिटी बैठकमा रिपोर्टिङ गर्नुपर्नेछ ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार वडा कमिटी गठन गरेपछि त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ ।
यस्तै, मन्त्रिपरिषद विस्तारका लागि माओवादीको तर्फबाट जाने मन्त्रीहरुको नाम टुङ्ग्याउनका लागि भोलिका लागि स्थायी समिति बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।