२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता
फाइल तस्बिर

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् कैलालीको मोहन्याल गाउँपालिकाबाट काठको डुंगा चढेर सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा जाने क्रममा डुंगा पल्टिएको हो । 

डुंगा पल्टिएर  दुर्घटना हुँदा ३ जना बेपत्ता भएको कैलाली प्रहरीले जानकारी दिएको छ । घटनामा परी २ जना घाइते भएका छन् । प्रहरीका अनुसार बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाँदै थिए । 



वर्षाका कारण बढेको कर्णाली नदीमा डुंगाबाट खसेर बेपत्ता भएपछि खोजी गर्न समेत समस्या भएको प्रहरीले जनाएको छ । 


डुंगा दुर्घटनामा परी बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामी मगर, उर्मिलाको १० महिनाको बच्चा  र सोही ठाँउ बस्ने २० वर्षीया पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक  विश्व अधिकारीले जानकारी दिए ।



घाइते हुनेमा मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगर र उनका एक महिने छोरा कर्ण सलामी रहेका छन् । धनसराको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : १७ साउन, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया