कर्णाली​ डुङ्गा दुर्घटना : गम्भीर घाइते महिलाको मृत्यु

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका-३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

डुंगा पल्टदा धनसराको एक महिनाका छोरा कर्ण सलामी मगरसमेत घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका थिए भने २ जनाको अवस्था गम्भीर रहेको थियो । 

बेपत्ता हुनेहरुमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उनको १० दिने बच्चा र सोही ठाउँ बस्ने वर्ष २० की पार्वती थापा रहेकी छन् भने ७ जनाको उद्दार गरिएको थियो । 

मोहन्याल गाउँपालिका वडा नं. ३ रागाँ मलेखाका स्थानीय १० जना कर्णाली नदीमा काठको डुंगा चढेर सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा दुर्घटनामा परेका हुन् । प्रहरीले स्थानीयको सहयोगमा बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १५:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया