थप दुई हजार ५६८ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार ८ हजार ४०२ पिसिआर परीक्षणमा १ हजार ९८१ जनामा र एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ४ हजार २३४ परीक्षणबाट ५ हजार ८७ जनामा पोजिटिभ देखिएको छ । 

२४ घण्टामा पिसिआर र एन्टिजेन गरी १२ हजार ६३६ जनाको कोरोना परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८७५ पुगेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १७:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया