अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज ३ देखि सुरु गर्न लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग सरेको छ ।
एन्फाले आइतबार ‘ए’ डिभिजनका १४ क्लबसँगको छलफलपछि नयाँ मिति तय भएको जानकारी दिएको छ । सबै क्लबको सहमतिपछि लिग कार्तिक २९ देखि सुरु हुने भएको हो ।
अक्टोबरमा साफ च्याम्पियनसिप हुने भएकाले लिग सारिएको एन्फाले जनाएको छ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले दाबेदारी पेस गरेका छन् ।
यसपटकको लिगबाट पुछारका २ टोली ‘बी’ डिभिजनमा झर्ने छन् । लिग विजेताले ७५ लाख र उपविजेताले ५० पाउने छन् ।
२०७६ को लिग विजेताले ५० लाख र उपविजेताले २५ लाख पाएका थिए । एन्फाले लिग तयारीका लागि प्रत्येक टोलीलाई २० लाख रुपैयाँ उपलव्ध गराउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।