नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले दादागिरी देखाउन थालेको आरोप लगाएका छन् ।
आइतबार तुलसीलाल अमात्यको २४औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’को संज्ञा दिए । देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको उनको आरोप छ ।
आफ्नै पार्टीका केही बिग्रिएका तत्वहरुका कारण प्रतिगामीहरुको सरकार बन्ने स्थिति आएको ओलीको आरोप छ । अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको र आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेको भन्दै उनले आक्रोश पोखे ।
माधव नेपाल समूहप्रति संकेत गर्दै उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दाबी गरे ।आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम काम भएको ओलीको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।