सार्वजनिक सवारीमा ठगिनुभयो ? १०३ मा खबर गर्नुस्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने सवारीलाई नियमित रुपमा कारबाही गरिरहेको जनाएको छ । 

बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाले जनाएको छ । 

बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ मा खबर गर्न पनि महाशाखाले आह्वान गरेको छ ।

सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । न्यूनतम चार किमि यात्रा गर्दा १४ भाडा तोकिएकामा हाल २० उठाउन थालेको यात्रुको भनाइ छ । 

२८ प्रतिशत भाडा बढेकाले २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार २१:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया