सुनकोशी २ जलविद्युत् आयोजना खारेजीको माग गर्दै रामेछापको सदरमुकाम मन्थलीमा माझी समुदायले प्रदर्शन गरेका छन् ।
आयोजना कुनै पनि हालतमा अघि नबढाउन माग गर्दै आइतबार बिहान उनीहरुले मन्थली बजारमा प्लेकार्ड र विभिन्न ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
आफूहरुको पुर्खाको थातथलोबाट हटाइन लागेको तर भाषा ,धर्म, संस्कृति, परम्परा पैसामा बेच्न नसक्ने भन्दै उनीहरुले आयोजना कुनै पनि हालतमा अगाडि नबढाउन माग गरेका हुन् ।
आयोजनाको काम नरोकिएको चरणबद्ध आन्दोलन गर्ने नेपाल माझी उत्थान संघले चेतावनी दिएको छ । कार्यक्रममा मन्थली नगरपालिका वडा नं १, २, ६, ७, ८ का माझी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।