सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ सार्वजनिक भएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पद्मावती सिंहले उपन्यासको विमोचन गरेकी हुन् ।
उत्तम निरौलाले लेखेको यस उपन्यासमा नेपाली महिलाले भोग्नु परेका विभिन्न सामाजिक पाटोलाई विषय बनाइएको छ ।
साहित्यकार सिंहले नेपाली नारीहरूको पीडा बारेमा स्रष्टाले कलम चलाउनु नारीहरूका निम्ति गौरवको विषय भन्दै लेखकलाई धन्यवाद दिएकी छिन् ।
प्रस्तुत उपन्यास निराैलाकाे दाेस्राे कृति हाे ।
विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगाना लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
‘सखिला’हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।