बिजुलीको खम्बा चोरेर लैजाँदै गर्दा ७ जना पक्राउ
फाइल तस्बिर

मकवानपुरमा बिजुलीको खम्बा चोरी गर्ने ७ जना पक्राउ परेका छन् ।  वागमती गाउँपालिकाबाट खम्बा चोरी गरी लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको  मण्डन  देवपुर  नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ बस्ने २७ वर्षीय हरि नेपाल रहेका छन् ।

 त्यसैगरी मकवानपुरको वाग्मती–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेका छन् । 

वागमती गाउँपालिका–१ को हात्तीटुगेस्थित बाटो छेउमा राखिएका खम्बा  मे १ ख १५०५ नम्बरको ट्रकमा लोड गरी लैजाँदै गर्दा वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । 

उनीहरुले चोरीमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ७:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया