स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि रोकिएको खोप कार्यक्रम आजबाट सुचारु
फरकधार / १८ साउन, २०७८
फाइल तस्बिर

स्वास्थ्यकर्मी माथि कुटपिट भएपछि रोकिएको काठमाडौं टोखा नगरपालिकाको खोप अभियान आजबाट पुनः सञ्चालनमा आउने भएको छ । 



खोप अभियान चलिरहेका बेला साउन १६ गते धापासीस्थित ग्रान्डी अस्पतालमा टोखा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएको थियो । स्वास्थ्यकर्मीमाथि हातपात भएपछि खोप कार्यक्रम स्थगित गरिएको थियो । 

गैरेलाई स्थानीय रामकाजी थापालगायतको समूहले हातपात गरेको थियो । कुटपिटमा संलग्न समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले पिटाइ खाने गैर र प्रहरी समक्ष  गल्ती स्वीकार गरी माफी मागिसकेको टोखा नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

आज १० बजेबाट खोप अभियान पुनः सुरु हुँदैछ ।  टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अस्पताल र मनोहर माध्यमिक विद्यालय खोप केन्द्रमा खोप लगाइँदै छ । 



यस अभियानमा  ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई भेरोसेल खोप लगाइने जानकारी नगरपालिकाले दिएको छ । 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ८:४६:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया