बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते
सांकेतिक तस्बिर

बागलुङ जिल्लामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । गल्कोट नगरपालिका–१ चौराहामा  सोमबार बिहान बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रहरीका अनुसार काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्री बस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो। 

बसमा सवार २२ जना थिए । ११ जना घाइते भएका छन् भएको र ११ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको चालकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ९:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया