भैँसे-भीमफेदी सडकमा ठाउँ-ठाउँमा पहिरो

पहिरोका कारण मकवानपुरको भैँसे–भीमफेदी सडक अवरुद्ध भएको छ । यस सडकखण्डको धोर्सिङमा गएराति ठूलो पहिरा गएपछि सडक अवरुद्ध भएको हो । यो सहित यस सडकमा भीमफेदी गाउँपालिका–६ मा मात्रै ५ ठाउँमा पहिरो गरेको छ । धोर्सिङबाहेक अन्य ठाउँको पहिरो  भने साना रहेको प्रहरीले जनाएको छ। 

सडकमा विभिन्न ठाउँमा गएको पहिरोका कारण भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउने सवारी साधनको लाइन भैँसेदेखि पान्द्राङसम्म पुगेको  इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 

पहिरो पन्छाउने काम भइरहेको र अझै केही घण्टा लाग्ने प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ९:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया