बजारबाटै बगिरहेको छ मेलम्ची खोला, ६० घर बगायो
फरकधार / १८ साउन, २०७८
हेलम्बु गाउँपालिकाको चनौटे र ग्याल्थुमल बजारमा पसेको बाढी ।

मेलम्ची खोलामा शनिबार साँझबाट आएको बाढीले ठूलो क्षति पुर्‍याएकाे छ । बाढीले सोमबार बिहानसम्म ६० घर टहरा बगाएको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सबैभन्दा धेरैे क्षति हेलम्बु गाउँपालिकाको चनौटे, ग्याल्थुमल, किउल लगायतका  क्षेत्रमा भएको छ । यस क्षेत्रका मात्रै ५५ घर टहरा बगाएको प्रहरीले जनाएको छ । मेलम्ची र तालामाराङमा ५ घर बाढीले बगाएको छ । 



ती घर यसअघि गत असार १ गते आएको बाढीपछि खाली रहेकाले मानवीय क्षति भने हुन पाएन । 

प्रहरीका अनुसार मेलम्ची खोला अहिले चनौटे र ग्याल्थुम बजार बाटै बगिरहेको छ । हेलम्बु-४ को ढुंगेर बजार पनि जोखिममा परेको छ । 

बाढीले पक्की पुल, झोलुङ्गेले पुल र रेडियो मेलम्चीको भवन आइतबार नै बगाएको थियो। 



  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १०:५:३२,   अन्तिम अपडेट : साउन १८, २०७८ साेमबार १०:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया