टोकियो ओलम्पिक : भारतको महिला हक्की टोली पहिलो पटक सेमिफाइनलमा
फरकधार / १८ साउन, २०७८

जापानमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा भारतको महिला हक्की टिम सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा क्वाटरफाइनलमा अस्ट्रेलियालाई १–० ले हराउँदै पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको हो ।



भारतको जितका लागि  गुरजीत कौरले खेलको २२औँ मिनेटमा गरेको पेनाल्टी कर्नर गोल गरेकी थिइन् । 

भारतले पहिलो पटक १९८० को ओलम्पिकमा महिला हक्की टोली उतारेको थियो । महिला टोलीले फाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले क्वाटरफाइनलको खेलमा जर्मनलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

यसअघि आइतबारको खेलमा भारतको पुरुष हक्की टोली पनि करिब ५ दशकपछि सेमिफाइनलमा पुग्न सफल भएको छ । 



  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १०:५१:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया