कन्काकाफ गोल्ड कपको उपाधि अमेरिकालाई

अमेरिकाले मेक्सिकोलाई पराजित गर्दै कन्काकाफ गोल्डकपको उपाधि हात पारेको छ । सोमबार बिहान भएको रोमाञ्चक खेलको अतिरिक्त समयमा १–० को कठिन जित हात पारेको हो । 

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरक्त समयमा धकेलिएको थियो । ११७औँ मिनेटमा माइल्स रोबिन्सनले गरेको गोलले अमेरिकालाई सातौँ पटक गोल्डकप उचाल्न मद्दत गर्यो ।

मेक्सिकोका हेक्टर हरेरा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए । क्यानडाका ताजनान उत्कृष्ट युवा खेलाडी र कतारका अल्मोइज अली सर्वाधिक गोलकर्ता चुनिए । अलीले प्रतियोगिताभर ४ गोल गरेका थिए ।

जुलाई ३ देखि सुरु भएको उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । 

प्रत्येक २ वर्षमा हुने प्रतियोगितामा यी क्षेत्र बाहेकका राष्ट्रलाई पनि आमन्त्रण गरिन्छ । यसपटक कतारले आमन्त्रित टोलीका रूपमा प्रतियोगिता खेलेको थियो । 
 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ११:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया